ad ad

राजनीति


एमालेले भन्यो– प्रधानमन्त्रीले आजै राजीनामा दिनुपर्छ, कुनै निर्णय गर्ने हैसियत छैन

एमालेले भन्यो– प्रधानमन्त्रीले आजै राजीनामा दिनुपर्छ, कुनै निर्णय गर्ने हैसियत छैन

नेपालखबर
असार २३, २०८१ आइतबार १२:१, काठमाडौँ

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अविलम्ब चाँडो राजीनामा दिनुपर्ने माग राखेको छ। आइतबार बसेको पार्टी संसदीय दलको बैठकले अहिलेको सरकार अल्पमतमा परेको र कुनै निर्णय गर्ने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने आफूहरूको माग राखेको हो। 

बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘हाम्रो पहिलो माग प्रधानमन्त्रीज्यूलाई अहिले नै, आजै राजीनामा दिनुपर्छ। अविलम्ब राजीनामा दिनुपर्ने हाम्रो माग हो। यदी उहाँले राजीनामा दिनुभएन भने असार २८ गते विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ।’

त्यस्तै, अहिले प्राकृतिक विपत्तिमा देश रहेको भन्दै अल्पमतमा परेको प्रधानमन्त्री एक मिनेट पनि बस्न नहुने उनले बताए। 

‘आज एक मिनेट पनि देशका लागि महत्त्वपूर्ण हो। देशलाई के का लागि ७ दिन कुराइरहनुभएको छ? जसरी उहाँले अल्झाउन खोज्नुभएको छ, यो अनुचित हो,’ बर्तौलाले भने।

साथै, आजको बैठक नेकपा एमाले र नेपाली कांग्रेसबीच बन्न लागेको राष्ट्रिय सरकारलाई स्वागत गर्ने निर्णय पनि गरेको छ।

‘यस महत्वपूर्ण प्रक्रियामा सहभागी भएर विकास र समृद्धिको सुशासनको पक्षमा बलियो स्थिर सरकार निर्माण गर्ने पक्षमा नेपाली कांग्रेसले जुन भूमिका निर्वाह गर्यो यसमा नेकपा एमालेको संसदीय दलको बैठकले नेपाली कांग्रेसलाई धन्यवाद दिने निर्णय गरेका छौँ,’ उनले भने।

उनले बैठकका निर्णय सुनाउँदै अघि भने, ‘स्पष्ट अल्पमतमा परेको सरकारले अझै पनि राजीनामा दिएको छैन। आजको बैठकबाट लामो समयसम्म राजीनामा नदिइ बस्ने कुरा अनुचित कार्य हो।त्यसकारण अविलम्ब नेपाल सरकारका कामचलाउ प्रधानमन्त्रीको रुपमा रहेका प्रधानमन्त्रीलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई मार्गप्रशस्त गर्न बैठकले आह्वान गरेको छ।’

सरकारले अहिले कुनै पनि महत्त्तपूर्ण निर्णय गर्ने हैसियत नराखेको भन्दै यदी कुनै निर्णय भए संविधान विपरित हुने एमालेको ठहर छ।

‘सरकार अहिले अल्पमतमा परेको छ। तथापि पनि विभिन्न प्रकारका निर्णयहरू भएका छन्। कुनैपनि निर्णय नगर्नका लागि यो सरकारले कुनै पनि निर्णय गर्ने हैसियत राख्दैन। मत गुमाएको सरकारले निर्णय गर्नु संविधान विपरित हुन्छ। कुनै पनि निर्णय नलिन सचेत गराएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .