ad ad

बागमती


आज राजीनामा बुझाउन काठमाडौँमा रहेका मुख्यमन्त्री कुर्दै एमालेका ५ मन्त्री

विश्वासको मत फेस गर्नु भन्ने आदेश छ : शालिकराम जम्कट्टेल
आज राजीनामा बुझाउन काठमाडौँमा रहेका मुख्यमन्त्री कुर्दै एमालेका ५ मन्त्री

सुनिता विष्ट
असार २३, २०८१ आइतबार १२:७, हेटौँडा

बागमती प्रदेश सरकारबाट नेकपा एमाले आज (आइतबार) बाहिरिने भएको छ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल कुरिरहेका एमालेका मन्त्रीहरूले आज राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका हुन्।

मुख्यमन्त्री जम्कट्टेल केही दिनदेखि काठमाडौँमा रहेका कारण राजीनामा बुझाउन नपाएका एमालेका मन्त्रीहरूले आज सरकार छाड्न लागेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए। 

प्रदेशका अर्थमन्त्रीसमेत रहेका थपलियाका अनुसार आज मुख्यमन्त्री हेटौँडा आउने जानकारी पाएपछि राजीनामाको तयारी गरिएको हो। बागमती प्रदेश सरकारमा एमालेका ५ मन्त्री छन्। 

आफू नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने देखिएपछि केही दिन काठमाडौँमै अलमलिएका मुख्यमन्त्री जम्कट्टेल माओवादी पार्टी कार्यालय (पेरिसडाँडा) मा पार्टीका उच्च तहका नेताहरूसँग बागमती संसदीय दलको बैठक राखेर आज हेटौँडा फर्कि‌ंदै छन्। 

केन्द्रमा बनेको नयाँ सत्तासमीकरणकै आधारमा प्रदेशमा पनि नयाँ सरकार गठन हुँदा आफू नेतृत्वको सरकार संकटमा पर्ने भएपछि विश्वासको मतका लागि सदनमा फेस गर्ने तायरी गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताए। 

‘एमालेका मन्त्रीज्यूहरूले अस्तिदेखि नै राजीनामा दिनपर्ने भयो, हेटौँडा आउनुहोस् भनेर बोलाउनुभएको थियो,’ मुख्यमन्त्री जम्कट्टेलले नेपालखबरसँग भने, ‘तर हाम्रो संसदीय दलको बैठक आजका लागि डाकिएको थियो। त्यसैले हेटौँडा फर्कन ढिला भएको मात्रै हो। पद जोगाउनै लागि दौडधुप गरिएको होइन।’

उनले थपे, ‘आज हेटौँडा आइपुगेर एमालेका मन्त्रीज्यूहरूको राजीनामा बुझ्छु। सरकार अल्पमतमा परेपछि विश्वासको मत लिनुपर्ने हुन्छ। केन्द्रीय कमिटीबाट विश्वासको मत फेस गर्नु भन्ने आदेश दिनुभएको छ। सोहीअनुसार विश्वासको मत लिने प्रक्रियामा जान्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .