राजनीति


ओली भष्मासुर बनेर निस्किए : झलनाथ खनाल

ओली भष्मासुर बनेर निस्किए : झलनाथ खनाल

नेपालखबर
असार २२, २०८१ शनिबार १९:२९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन्।

सम्मानित नेता खनालले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशातर्फ लगेको आरोप पनि लगाए।

‘हामीले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गराउँदै नेकपामा पुर्‍याईसकेका थियांँ। जुन नेकपामा पुर्‍याउँदैखेरी १० लाख पार्टी सदस्यहरु हामी थियौँ। संघीय संसदमा हामी करिव दुई तिहाई बहुमतमा थियौँ। र, यो देशका अहिलेका सात वटा प्रदेश मध्ये हामी ६ वटामा पूर्ण बहुमतमा थियौँ। र तल अहिले रहेका ७५३ वटा पालिकाहरू मध्ये हामी ४ सय भन्दा बढिमा बहुमत प्राप्त गरिसकेका थियौँ,’ उनले भने, ‘देश बाममय बन्दै गईरहेको थियो। तर जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पुर्‍यायौं, उनी निस्किए–भष्मासुर। यो भष्मासुरको कारणले गर्दाखेरी उनले यो कम्युनिष्ट आन्दोलनलाई क्रमिक रुपले दक्षिणपन्थतर्फ अधोगतितिर बढाउँदै लैजाने काम भयो।’

पार्टी निकट प्रवासी नेपाली मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई तिहाई कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसदलाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गरे।

‘आफ्नै बहुमत मात्रै होइन, दुई तिहाई बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो। जसले गर्दाखेरी नेपालको राजनीतिलाई दक्षिणपन्थीभासतर्फ लग्ने, अस्थिरतातर्फ लैजाने, कम्युनिष्ट आन्दोलनलाई दिशाहिन बनाउने यो कामहरु भयो। जसको परिणाम कम्युनिष्ट आन्दोलन फेरि विभाजन र विखण्डनतर्फ लागेको छ। यो विखण्डन र विभाजनकै परिणाम स्वरुप हामीले पनि त्यो गलत कुरा विरुद्ध बिद्रोह गर्नुपर्‍यो,’ खनालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad