ad ad

राजनीति


एकीकृत समाजवादीको ठहर : एमालेसँगको विद्रोह पुष्टि भयो

एकीकृत समाजवादीको ठहर : एमालेसँगको विद्रोह पुष्टि भयो

नेपालखबर
असार २२, २०८१ शनिबार १७:२८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको महाधिवेशन नेकपा एमालेसँगको विद्रोह अनुमोदन भएको ठहर गरेको छ। दशौँ महाधिवेशनपछि बसेको पहिलो बैठकले महाधिवेशनको समीक्षा गर्दै सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

उनका अनुसार, आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ। 

सबै कार्यक्रम भव्यताका साथ सम्पन्न गर्दै सर्वसम्मत नेतृत्व चयन गरेर कार्यकर्तामा उत्साह थपेको बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए। 

अर्को व्यवस्था नहुन्जेल सम्म यस अघिको  जिम्मेवारीमा रहहेका सबैलाई सोही पदमा निरन्तरता दिने निर्णय पनि भएको उनले बताए। 

आइतबार (भोली) बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने निर्णय भएको उनले जानकारी गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .