राजनीति


महाधिवेशनपछि एकीकृत समाजवादी केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

टुंगिएला बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको नाम ?
महाधिवेशनपछि एकीकृत समाजवादी केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८१ शनिबार १२:२४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ। महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो।

निवर्तमान उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा  दिउँसो १ बजे बस्न लागेको हो।

एकीकृत समाजवादीको हिजो सकिएको १० औं महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र महासचिव मात्रै टुंग्याएको थियो। त्यस्तै ९३ सदस्यीय केन्द्रीय  घोषणा गरिएको थियो।

आजको बैठकमा बाँकी पदाधिकारी र केन्द्रीय समिति सदस्य टुंग्याउन छलफल हुन सक्ने तर टुंगिने सम्भावना निकै कम भएको खतिवडाले बताए। ‘आजको बैठकमा त्यसबारे सामान्य छलफल होला,’ उनले नेपालखबरसँग भने, ‘तर टुंगिहाल्ने सम्भावना कम छ। एकसाताभित्र टुंग्याउने कोसिस हुन्छ।'

एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ जनाको केन्द्रीय कमिटी हुने विधानमा व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad