ad ad

कारोबार


हुम्लामा तीन दिनदेखि हवाइ सेवा अवरुद्ध

हुम्लामा तीन दिनदेखि हवाइ सेवा अवरुद्ध

नेपालखबर
असार २१, २०८१ शुक्रबार १९:५२, काठमाडौँ

हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ।

सिमकोट विमानस्थल क्षेत्रको मौसम खराब हुँदा बुधबारदेखि जिल्लाको हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए।

नेपालगञ्जबाट तारा, सीता र समिट एयरका जहाजले सिमकोटका लागि उडान भर्ने तयारी गरेपनि हुम्ला आउने इनरुट र सिमकोट आसपास क्षेत्रको मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको उनको भनाइ छ।

आज बेलुकाबाट वर्षा सुरु भएको छ। हवाई सेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फर्किने तयारीमा रहेका पर्यटक चीनको ताक्लाकोटबाट तिब्बती मार्ग हुँदै केरुङ नाकाबाट रसुवा भएर काठमाडौँ फर्किन थालेका छन्।

सिमकोट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु सिमकोटमा रोकिएका छन्। नेपालगञ्जबाट सिमकोट आउने यात्रु नेपालगञ्ज विमानस्थलमा दिनभरी विमान कुरेर फर्कने गरेका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .