ad ad

राजनीति


सहकारीका समस्याबारे अन्तरक्रिया गर्दै जनमोर्चा, नेतादेखि विज्ञसम्म सहभागी हुने

सहकारीका समस्याबारे अन्तरक्रिया गर्दै जनमोर्चा, नेतादेखि विज्ञसम्म सहभागी हुने

नेपालखबर
असार २०, २०८१ बिहिबार २१:१३, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले सहकारी समस्यासम्बन्धी अन्तरक्रिया गर्ने भएको छ।

यही असार २२ गते (शनिबार) काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा ‘सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति’ विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जनमोर्चाका सचिव घनश्याम न्यौपानेले बताए।

अन्तरक्रियामा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अवधारणापत्र प्रस्तुत गर्नेछन्।

कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा एमालेका नेता भीम रावल, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, सङ्कटग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्वअध्यक्ष काशीराज दाहाल, सहकारी विज्ञ डा. विश्वमोहन आचार्य र नेपाल सरकारका पूर्व उपसचिव बाबुराम भुसाल लगायतको सहभागिता रहने जनमोर्चाले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .