ad ad

राजनीति


प्रधानमन्त्रीले अर्को दलसँग लसपस गर्न थालेपछि गठबन्धन भत्कियो : गगन थापा

प्रधानमन्त्रीले अर्को दलसँग लसपस गर्न थालेपछि गठबन्धन भत्कियो : गगन थापा

फाइल फोटो


नेपालखबर
असार २०, २०८१ बिहिबार १७:३९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरणको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताएका छन्।

बिहीवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण प्रधानमन्त्री दाहाल स्वयं नै भएको दाबी गरे।

महामन्त्री थापाले प्रधानमन्त्री दाहालको अस्थिरताको कारण अहिलेको परिस्थिति आएको दाबी पनि गरे। उनले प्रधानमन्त्री दाहालको अस्थिर चरित्रमा कुनैपनि दलले विश्वास गर्न नसकेपछि नेकपा एमाले र नेपाली का‌ंग्रेस मिलेको बताए।

‘अहिलेको यो परिस्थिति बनेको यसको सम्पूर्ण कारण भनेको अहिलेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारणले हो’ उनले भने, ‘अहिले एमालेसँग सरकारमा गइसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसकेपछि हो। अहिलेको दुर्घटना निम्त्याएको उहाँकै कारणले हो। त्यसैले यो कसैको कारणले गर्दा बनेको पनि होइन। कसैलाई यसले भत्काएको पनि होइन। नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थिर हुनुभयो की उहाँसँग कसैको विश्वास रहेन।’

बाइट...गगनकुमार थापा, महामन्त्री, नेपाली काँग्रेस

महामन्त्री थापाले नेपालको राजनीतिमा दाहाललाई विश्वास गर्न नै कठिन भएको बताउनु भयो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .