ad ad

राजनीति


कृषि समितिमा सरकारले विधेयक दिन सकेन : आरजु राणा

कृषि समितिमा सरकारले विधेयक दिन सकेन : आरजु राणा

नेपालखबर
असार १८, २०८१ मंगलबार १८:४२, काठमाडौँ

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले कृषि समितिमा सरकारले विधेयकहरू दिन नसकेको गुनासो गरेकी छिन्। 

प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलवार बसेको बैठकमा सभापति राणाले समितिमा सरकारले विधेयकहरू दिन नसक्दा काम गर्ने इच्छा हुँदा पनि काम गर्न नपाएको बताएकी हुन्। 

कृषि समितिका सदस्यहरू काम गर्न तयार भएपनि समितिमा एउटा पनि विधेयक नभएको पनि उनले बताइन्। समितिमा एउटा पनि विधेयक नहुँदा बैठक समेत बस्ने वातावरण नभएको उनको भनाइ थियो।

‘कर्मचारी समायोजनमा आएका अफ्ठ्याराहरू छन् । समायोजन गरेर जाने विषयमा निर्देशन गर्छौं। त्यस्तै, कानुन मन्त्रालयलाइ पशुकल्याण अधिकारसँग सम्बन्धित कानुनको तर्जुमा तदारुकता देखाउन आग्रह गर्छौं। कृषि समितिका सदस्यहरू काम गर्न तयार छन् तर समितिमा एउटा पनि विधेयक छैनन्,’ उनले भनिन्, ‘कृषि सम्बन्धि समितिमा आए चाँडै बनाएर पठाउने थियौँ। मौद्रिक नीतिमा कृषिसँग सम्बन्धि नीति सहजीकरणको लागि सहजीकरण गर्न अर्थ मन्त्रालयमा पठाउँछौं। सरकारले किसानलाई मर्का नपर्ने किसिमले अनुदान दिनुपर्छ।’

सरकारले समितिमा कृषि सम्बन्धि विधेयकहरू दिए समयमा छलफल गरी समितिले काम गर्ने पनि बताइन्। 

कानुुन मन्त्रालयलाई पशु कल्याण अधिकारसँग सम्बन्धित कानुनको तर्जुमा तदारुकता देखाउन आग्रह गरे। मौद्रिक नीतिमा कृषिसँग सम्बन्धि नीति सहजीकरणको लागि अर्थमन्त्रालयमा पत्र पठाउने उनले बताइन्।

‘नेपालमा कुन वस्तु कति उत्पादन हुन्छ। कुन सिजनमा हुन्छ। त्यो सिजनमा त्यो वस्तु विदेशबाट आयात नगरौं । आँप फल्ने बेलामा भारतबाट नेपालको भन्दा सस्तो आँप आउने गरेको छ। माछा आउने बेलामा नेपालको भन्दा सस्तो माछा भारतबाट आउने हुँदा नेपाली किसान रुन परेको छ। त्यसैले कुन समयका कुन वस्तु उत्पादन हुन्छ र बाहिरबाट कति आयात गर्नुपर्छ आकलन गरी काम गर्नुपर्छ,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .