ad ad

राजनीति


देशभित्रबाटै लोकतन्त्र समाप्तीको खतरा बढेको छ : उपेन्द्र यादव

देशभित्रबाटै लोकतन्त्र समाप्तीको खतरा बढेको छ : उपेन्द्र यादव

तस्बिर : सरोज बैजु


नेपालखबर
असार १६, २०८१ आइतबार १५:२५, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशभित्रबाटै लोकतन्त्र समाप्ती पार्ने खतरा बढेको दाबी गरेका छन्। 

आइतबार नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका छन्। 

‘लोकतन्त्रको खतरा बाहिरबाट होइन, लोकतन्त्रको समप्ती हुने खतरा भित्रैबाट छ,’ यादवले भने, ‘तपाईंहरूले जसरी बाहिरको खतरा हटाउन भूमिका खेल्नुभयो, अब भित्रबाट पनि बचाउन लाग्नुपर्ने बेला भएको छ।’

साथै, उनले समावेशी लोकतन्त्रको युग भएको भन्दै अहिलेका नियुक्तिमा एकल जातीय वर्चश्व लादिएको बताए। ‘अनि कसरी लोकतन्त्र बलियो हुन्छ?’ उनले प्रश्न गरे। 

एकीकृत समाजवादीको महाधिवेशनले देशका समस्या केलाएर मुलुकलाई निकास दिनेगरी अघि बढ्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .