ad ad

समाज


आठ वर्षदेखि फरार पूर्वसांसद यादव गाडी दुर्घटनापछि पक्राउ परे

आठ वर्षदेखि फरार पूर्वसांसद यादव गाडी दुर्घटनापछि पक्राउ परे

नेपालखबर
असार १६, २०८१ आइतबार १५:३०, काठमाडौँ

मधेश प्रदेशका पूर्वसांसद कौशल कुमार यादव पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले कर्तव्य ज्यान मुद्दामा पूर्वसांसद यादवलाई शनिबार (१५ जेठमा) पक्राउ गरेको हो।

प्रहरीका अनुसार शनिबार १५ गते साँझ अन्दाजी ९ः१५ बजेको समयमा महोत्तरीको सम्सी गाउँपालिका–५ स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डीएल ३ सीएवाई ८६१५ नम्बरको स्कारपियो गाडीलाई विपरित दिशाबाट आउँदै गरेको प्र. २–०२–००१ च ००४५ नम्बरको महेन्द्र पिकअप गाडीले ठक्कर दिई भागेको थियो।

सो सम्बन्धी खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गई स्कारपियो गाडीका चालक सहित ३ जना घाइतेहरूलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ।

ठक्कर दिने महेन्द्रा गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा उनी महोत्तरी सोनमा गाउँपालिका–५ खैरवनी (साबिक खैरवनी गाविस–६) बस्ने राम लखन यादवको छोरा अन्दाजी वर्ष ४५ का कौशल कुमार यादव (पूर्वसांसद) भएको खुलेको हो।

प्रहरीका अनुसार उनी उपर मिति २०७२ भदौ २५ गते प्रेम बहादुर विकले दिएको जाहेरीबाट प्रतिवादी संजय कुमार साहसमेत भएको कर्तव्य ज्यान मुद्दा महोत्तरी जिल्ला अदालत जलेश्वरमा दायर छ।

हालसम्म फरार रहेका पूर्वसांसद यादवको हकमा प्रस्तुत मुद्दा मुलुकी फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ९८ बमोजिम मुल्तवीमा रहेको प्रहरीले जनाएको छ।

सोही बमोजिम उनलाई आवश्यक कारबाहीका लागि आज (जेठ१६ गते) महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .