ad ad

राजनीति


भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

नेपालखबर
असार १५, २०८१ शनिबार १९:१६, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने बताए। 

नेपाल ऐतिहासिक कारणले पछि परेको भएपनि जैविक, वातावरणीय रुपले हामी पछाडि नपरेको उनले बताए। 

पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्ने बताए। 

‘नेपाल पछाडि परेको ऐतिहासिक कारणले हो। हामी हाम्रो जैविक, वातावरणीय रुपले हामी पछाडि परेका छैनौँ। नेपाल समृद्ध बन्नसक्छ। शर्त के हो भने हामीले पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनु पर्छ। नेपालको जुन एउटा बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र हो यो नेपालको मौलिकता हो भन्नेकुरालाई पनि स्वीकार्नुपर्छ,’ उनले भने।

नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको उनले बताए। 

आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको बताउँदै भट्टराईले समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पुर्‍याउने गरी काम गर्नुपर्ने बताए।

‘हाम्रो थुप्रै वामपन्थी भनेको छ, यो छोडिदिऔँ, यो घाँडो भयो, संघीयता छोडिदिऔँ। यो पहिचानवादी कुरा नगरौँ भन्नुहुन्छ, खुसुक्क मसँग आएर। यथार्थ हेर्ने हो नि। यथार्थ हेर्दा नेपाल त विविधतायुक्त देश हो। आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत हामीले बनाऔँ। समावेशी र प्रत्यक्ष लोकतन्त्र छ त्यसलाई अझ उन्नत बनाऔँ। समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पुर्‍यायौँ। त्यसो हुनसक्यो र भूराजनीतिक सन्तुलन मिलाउन सकियो भने नेपाल बन्छ,’ उनले भने। 

अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .