ad ad

राजनीति


पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग

पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग

नेपालखबर
असार १५, २०८१ शनिबार १७:७, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन्। 

शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुनुहुन्छ भन्नेमा कम्युनिष्टहरु सबै सहमत रहेको बताए।

मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रुपमा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरु रहेको पनि जिकिर गरे।

‘मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भयो। त्यो कम्युनिष्ट पार्टीका सन्तानका रुपमा आज नेपालमा लाखौँ, लाख श्रमीक जनता खडा छन्, यो पुष्पलालको विशेष योगदान हो। पुष्पलालले दुई वटा प्रवृत्तिको विरुद्धमा निरन्तर संघर्ष गर्नुभएको छ। त्यो नेपालको राजनीतिमा कहिल्यै नबिर्सिने कुरामा रहन्छ,’ उनले भने, ‘खासगरी सामन्तवादको विरुद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरु बिरुद्धको संघर्ष यो दुई वटा संघर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ। वैचारिक संघर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको विरुद्धमा झण्डा उठाउनुभएको छ र लड्नुभएको छ। पुष्पलाल नेपालको एउटा राजनीतिक विभूति हो भन्नेमा हामी सबै सहमत भएका छाँै। पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .