ad ad

राजनीति


मन्त्रिपरिषद्‌मा प्रचण्डको ब्रिफिङ– अहिलेको सरकार लामै समय जान्छ

मन्त्रिपरिषद्‌मा प्रचण्डको ब्रिफिङ– अहिलेको सरकार लामै समय जान्छ

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८१ सोमबार १८:५५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेका छन्। 

सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले अहिलेको सत्ता समीकरणबारे बाहिर आएका हल्लाहरूमा सत्यता नभएको ब्रिफिङ गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता समेत रहेकी सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले भनिन्, ‘यो गठबन्धन लामै समय जाने ब्रिफ गर्नुभएको छ। जसरी मिडियामा आएको छ, त्यो अवस्था छैन भन्नुभयो।’

साथै, उनले राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा नउठेको दाबी गरिन्। 

‘राष्ट्रिय सहमतिको सरकारको कुरा पनि उठेको छैन। राष्ट्रिय सहमति जुटाउनुपर्छ भन्ने कुरा त छ। तर राष्ट्रिय सरकार बनाउने भन्नेबारे केही होइन,’ उनले भनिन्।

बाहिर आएका कुराहरूमा विश्वास नगर्न समेत प्रधानमन्त्रीले आग्रह गरेको उनले बताइन्। 

‘गलत समाचारहरू बाहिर आएका छन्,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .