ad ad

राजनीति


बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउनुको कारण खोज्दै राप्रपा सांसदद्वारा प्रधानमन्त्रीको जवाफ माग

बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउनुको कारण खोज्दै राप्रपा सांसदद्वारा प्रधानमन्त्रीको जवाफ माग

नेपालखबर
असार १३, २०८१ बिहिबार १५:१, काठमाडौँ

सरकारका निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई अवकास हुनुभन्दा तीन दिनअघिमात्रै गरिएको नियुक्तिबारे प्रतिनिधिसभा बैठकमा जवाफ माग गरिएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना लामाले बिहीबारको प्रतिनिधिसभा बैठकमा तत्कालीन मुख्यसचिव शंकरदार बैरागीलाई हुँदै नभएको दरबन्दी निर्माण गरेर अर्याललाई नियुक्ति दिनुको कारण खोजेकी हुन्। 

बैठकको आकस्मिक समयमा उनले प्रश्न गरिन्, ‘वर्तमान प्रधानमन्त्री नेतृत्वकै सरकारले २०८० असोज १४ गतेसम्म पदावधि भएका तत्कालीन मुख्यसचिव शंकरदास बैरागीलाई हुँदै नभएको दरबन्दी निर्माण गरेर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीसरहको सुविधा पाउनेगरी २०८० असार २ गतेबाट अवकाशमा जान लागेका बैकुण्ठ अर्याललाई २०८० जेठ ३२ गते मुख्यसचिव किन नियुक्त गरियो? तीन दिनमा राज्यलाई के नोक्सान हुनेवाला थियो र के फाइदा भयो?’

मुख्यसचिव अर्यालको नियुक्ति सोही बेलाबाट अनैतिक र शंकास्पद भएको जिकिर गर्दै उनले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताइन्। 

‘त्यसैले यो नियुक्ति अस्वाभाविक, अनैतिक र शंकास्पद छ भनेर त्यतिबेला धेरैबाट आएका थिए। सरकारले यतिधेरै महत्व दिएका तीनै मुख्यसचिव अहिले भ्रष्टाचार मुद्दामा निलम्बित छन्,’ उनले अघि भनिन्, ‘अवकाश पाउन तीन दिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाएर राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीलाई नैतिक प्रश्न हो कि होइन? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .