नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु भएको छ।
काठमाडौंको मेरियट होटेलमा सुरू भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।
बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुनेछ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्साले गरेकी छिन् भने चिनियाँ टोलीको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका छन्।
संयन्त्रको १५ औँ बैठक २०७९ चैतमा चीनको बेइजिङमा बसेको थियो।
बैठकका लागि उपविदेशमन्त्री सुन आइतबार बिहान आइपुगेका थिए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटिसकेका छन् भने राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न बाँकी छ।
Shares
प्रतिक्रिया