संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि वार्ता चलेकाले प्रतिनिधिसभाको आजको बैठक ढिलाेगरी सुरु भएकाे छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ता भएकाले बिहान ११ बजेका लागि निर्धारित बैठक ढिला गरी सुरु भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
सचिवालयका कर्मचारीले विभिन्न सेवा र सुधारका माग राखी २० दिनदेखि विरोध कार्यक्रम गर्दै आएका छन्।
प्रतिक्रिया