सोनाक्षी सिन्हा र जहिर इकबाल विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले जोडीले आइतबार दिउँसो बान्द्रास्थित सोनाक्षीको अपार्टमेन्टमा दर्ता विवाह गरेका थिए।
विवाहको लगत्तै मुम्बईको दादरमा शिल्पा शेट्टीको बास्टन रेस्टुरेन्टमा रिसेप्सन पार्टी आयोजना गरिएको थियो। पार्टीमा नवविवाहित सोनाक्षी सिन्हा सिंदूर लगाएको रातो साडीमा पुगेकी थिइन् भने जहीर अफ ह्वाइट ड्रेसमा देखिएकी थिए।
सोनाक्षी र जहीरको विवाहको रिसेप्शनमा हनी सिंहले रकिङ प्रस्तुति दिएका थिए। दुबै कपलले ठूलो केक काट्दै सेलिब्रेसन गरे। साथै दुबैले एकसाथ डान्स पनि गरेका थिए।
परिवारसहित पार्टीमा उनीहरुलाई बधाई दिन सायरा बानु, रेखा, काजोल, विद्या बालन, चंकी पाण्डे, अनिल कपुर, रबिना टन्टन लगायतका सेलिब्रेटीहरु पुगेका थिए। सोनाक्षीको अभिनय रहेको वेब सिरिज ‘हीरामन्डी’ का निर्देशक सञ्जय लीला भन्सारीहसित क्रु टिमनै पार्टीमा पुगेको थियो।
सोनाक्षी ले आफ्नो विवाहको तस्बिर सामाजिक सञ्जालमार्फत सेयर गरेकी छन्। सार्वजनिक भएको तस्विरमा उनका बुवा शत्रुघ्न सिन्हाले दर्ता विवाहको क्रममा सोनाक्षीको हात समातेको देखिएका छन्।
Shares
प्रतिक्रिया