प्रतिनिधिसभाको बैठक भोलि (सोमबार) बस्नेगरी सकिएको छ। आजका लागि कार्यसूचीमा राखिएका विषयहरूमाथि भोलि छलफल हुनेगरी सभामुख देवराज घिमिरेले बैठक स्थगित गरिएको जानकारी गराएका हुन्।
आजको बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी थियो। यद्यपि, मन्त्रालयगत छलफल नसकिएकाले आज पनि बजेट पारित गर्न भ्याइएन।
‘आजको दैनिक कार्यसूचीमा रहेको बाँकी कार्यक्रम भोलिको बैठकमा हुनेगरी सूचीबाट हटाइएको व्यहोरा जानकारी गराउँछु,,’ सभामुख घिमिरेले भने।
उनका अनुसार, अर्को बैठक विसं २०८१ साल असार १० गते सोमबार बिहान ११ बजे बस्नेछ।
21
Shares
प्रतिक्रिया