ad ad

राजनीति


पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा सेनाले निर्दोषमाथि गोली चलायो : महेश बर्तौला

पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा सेनाले निर्दोषमाथि गोली चलायो : महेश बर्तौला

फाइल फोटो


नेपालखबर
असार ९, २०८१ आइतबार १४:४६, काठमाडौँ

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा एकजना निर्दोष व्यक्तिमाथि नेपाली सेनाले गोली चलाएर हत्या गरेको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक बर्तौलाले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का सुकबहादुर तितुङलाई पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा यही असार ७ गते बिनाअपराध गोली प्रहार गरी हत्या गरिएको भन्दै उक्त घटनाको छानबिन गर्न माग गरे।

उनले सो घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग पनि गरे।

आगामी दिनमा यस्ता घटना हुन नदिन सरकार विशेष चनाखो हुनुपर्ने प्रमुख सचेतक बर्तौलाको सुझाव थियो। मध्यवर्ती क्षेत्रमा विकास निर्माणका काम हुन नसकेको, वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि तत्काल पहल थाल्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .