ad ad

राजनीति


मधेसमा खानेपानीको समस्या समाधान लागि रुलिङ गर्न सभामुखसँग सांसद चौरसियाको माग

मधेसमा खानेपानीको समस्या समाधान लागि रुलिङ गर्न सभामुखसँग सांसद चौरसियाको माग

नेपालखबर
असार ९, २०८१ आइतबार १४:१२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गरएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौरसियाले आँधि, तुफान, हावाहुरी, असिनाका कारण पनि मधेशको जनजीवन कष्टकर हुँदा पनि सरकारले बेवास्ता गरेकोमा आपत्ति जनाए। 

‘पटक पटक मैले यो पार्लियामेन्टमा यी कुराहरू उठाएको छु। तर सरकार कानमा तेल हालेर सुतेको छ। सम्माननीय सभामुखबाट रुलिङ होस्। मधेशमा एउटा उखान छ–भैंसका आगे विन बजाय,’ उनले भने।

साथै, उनले भैँसीको अगाडि वीन बजाएजस्तो सरकारले नागरिकलाई पीडा हुँदा पनि ध्यान नदिएको गुनासो गरे।

‘मधेशमा खानेपानीको समस्या भएको छ। मुहानहरू सुक्दै गएका छन्। र पानीको लागि त्राहीमाम छ। हाहाकार छ। अर्कोतिर आँधि, तुफान, हावाहुरीको कारणले, असीनाको कारणले घर उठाएको छ। खेतीपाती नोक्शान भएको छ। बगैँचा नोक्शान भएको छ,’ उनले भने। 

सांसद चौरसियाले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए। 

‘संसद् सचिवालयका कर्मचारीहरूको जायज माग अभिलम्व पूरा गरियोस्,’ सांसद चारसियाले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .