ad ad

राजनीति


संसद् सचिवालयका आन्दोलनरत कर्मचारीको मागमा सहजीकरण गर्न समिति गठन

संसद् सचिवालयका आन्दोलनरत कर्मचारीको मागमा सहजीकरण गर्न समिति गठन

नेपालखबर
असार ९, २०८१ आइतबार ११:५, काठमाडौँ

आन्दोलनरत संसद् सचिवालयका कर्मचारीको मागमा सहजीकरण गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरिएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बसेको शीर्ष बैठकले संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य रहने गरी समिति गठन गरिएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए। बैठकमा मुख्य सचिव डा. वैकुण्ठ अर्याल र संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए।

सभामुख घिमिरेले संसद् सचिवालयका कर्मचारीका मागबारे सम्बद्ध पक्षसँग केही दिनदेखि औपचारिक/अनौपचारिक छलफल  गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .