ad ad

राजनीति


शेख हसिना बनिन् मोदीले भारतमा स्वागत गर्ने पहिलो छिमेकी नेता

शेख हसिना बनिन् मोदीले भारतमा स्वागत गर्ने पहिलो छिमेकी नेता

नेपालखबर
असार ८, २०८१ शनिबार १५:२४, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तस्रो कार्यकालको पहिलो विदेश भ्रमण इटालीबाट सुरू गरेका थिए। 

जी–७ राष्ट्रहरूको बैठकमा सहभागी भएर स्वेदश फर्किएका मोदीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भारतमा स्वागत गरेका छन्। हसिना शुक्रबार साँझ भारतको राजकीय भ्रमणमा आएकी थिइन्। 

उनी मोदीको तेस्रो कार्यकालको सुरुमै भारतले राजकीय स्वागत गर्ने पहिलो विदेशी नेता बनेकी छिन्। त्यति मात्रै होइन, उनी पहिलो छिमेकी नेता समेत बनेकी छिन्।

भारत आएकी हसिनालाई शनिबार राष्ट्रपति भवनमा मोदीले ‘गार्डअफ अनर’सहित स्वागत गरेका थिए। त्यसपछि हैदरावाद हाउसमा उनीहरूबीच द्वीपक्षीय भेटवार्ता भएको थियो।

उक्त भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले आफ्नो सरकारको ‘छिमेकी पहिलो नीति’, ‘एक्ट इस्ट नीति’, ‘भिजन सागर’ तथा ‘इन्डो–प्यासेफिक भिजन’ जस्ता नीतिमा बंगालदेश साथमै रहेको बताएका थिए। त्यस्तै उलने समृद्ध तथा प्रगतिशील बंगलादेश सपना सरकार पार्न सहयोग गर्ने भारतको प्रतिवद्धता दोहोर्‍याएका थिए।

मोदीले हरित सहकार्य, डिजिटल सहकार्य, ब्लू इकोनोमी, अन्तरिक्ष जस्ता क्षेत्रमा सहयोगबारे बनेको सहमतिले दुवै देशका युवालाई लाभ मिल्ने विश्वास समेत गरेका थिए।

मोदीले गत २७ जेठमा तेस्रको कार्यकाका सरकार सञ्चालनका लागि सपथ लिएका थिए। उनको शपथग्रहण समारोहमा छिमेकी देशका सरकार तथा राष्ट्रप्रमुखलाई बोलाइएको थियो।

नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका थिए। मोदीको शपथग्रहण समारोहमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको समेत बताएका थिए।

तर, पहिलो विदेश भ्रमणका लागि मोदी इटाली गए। पहिलो विदेशी नेताका रूपमा बंगलादेशकी प्रधानमन्त्री हसिनालाई भारतमा स्वागत गरे।

सन् २०१४ मा पहिलोपटक सरकारमा आएयता मोदीको बंगलादेशसँग राम्रो सम्बन्ध छ। पाँचौं पटक सरकारको नेतृत्व गरिरहेकी हसिाले पनि मोदीसँग राम्रो सम्बन्ध कायम गरेकी छिन्।

सन् २०१९ याता मात्रै पनि उनीहरूबीच १० पटक औपचारिक भेटवार्ता भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .