उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सिंहदबार वार्ताबाट निस्किएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा बसेका गृहमन्त्री लामिछाने केहीबेर अघि छलफलबाट निस्किएका हुन्।
उनी सिंहदरबारमा झण्डै २ घण्टा छलफलमा बसेर निस्किएको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।
रवि निस्किएपछि सिंहदबारमा प्रचण्ड र ओलीबीच छलफल भइरहेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच छलफल भएको थियो। छलफलमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।
आजको छलफलबाट राजदूत नियुक्तिको विषयलाई टुंग्याउने सम्भावना छ।
त्यस्तै छलफलमा बजेट पारित लगायत समसामयिक विषयमा पनि छलफल भइरहेको छ।
सरकारले जेठ २४ गते भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता बोलाएको थियो।
सरकारको प्रमुख घटक नेकपा एमालेले रिक्त रहेका राजदूतमध्य ८ वटा आफूले पाउनुपर्ने अडान राखेको छ।
Shares
प्रतिक्रिया