राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत राम प्रसाद सुवेदीलाई सान मारिनोको समेत जिम्मेवारी दिएका छन्।
त्यस्तै, संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका लागि स्थायी प्रतिनिधि लोक बहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदी र थापालाई अन्य दुइ देशको समेत राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
60
Shares
प्रतिक्रिया