ad ad

राजनीति


राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणमा जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणमा जाँदै

नेपालखबर
जेठ २७, २०८१ आइतबार १७:३४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल युरोपेली देशहरु स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर राष्ट्रपतिको भ्रमणबारे जानकारी दिएको हो। 

राष्ट्रपति पौडेल मंगलबार स्वीट्जरल्याण्ड प्रस्थान गर्नेछन्, जहाँ उनले ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागिता जनाउनेछन्। सम्मेलनमा उनले समाजिक न्याय सम्बन्धी एक बहस सत्रमा सम्बोधन पनि गर्नेछन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता समेत गर्नेछन्। त्यसपछि उनी बुधबार जर्मनी प्रस्थान गर्नेछन्। पौडेल जर्मनीका राष्ट्रपतिको निमन्त्रणमा त्यहाँ जान लागेका हुन्। राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नेछन्।

राष्ट्रपतिको भ्रमण टोलीमा उनकी श्रीमति सविता पौडेल, परराष्ट्र सल्लाहकार सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालयका कर्मचारी लगायत हुनेछन्। राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .