ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, विदेश मन्त्रालयका कर्मचारीले गरे स्वागत

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, विदेश मन्त्रालयका कर्मचारीले गरे स्वागत

नेपालखबर
जेठ २७, २०८१ आइतबार १५:५०, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुन भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली पुगेका छन्।

उनलाई इन्दिरागान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका हुन्। 

प्रधानमन्त्रीको टोलीमा कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहाल लगायत छन्। भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। 

मोदीले तेस्रो कार्यकालको सुरुवात गर्दै गर्दा नेपालसहितका छिमेकी देशमा राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निमन्त्रणा गरेका छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किने छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .