राजनीति


ट्रम्पको सम्मानमा आयोजना गरिने रात्रिभोजमा कांग्रेस–आई सहभागी नहुने

ट्रम्पको सम्मानमा आयोजना गरिने रात्रिभोजमा कांग्रेस–आई सहभागी नहुने

नेपालखबर
फागुन १२, २०७६ सोमबार १३:५४,

भारतको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्मानमा उनका भारतीय समकक्षी राम नाथ कोविन्दले मंगलबार आयोजना गर्न लागेको रात्रिभोजमा त्यहाँको प्रतिपक्षी दल कांग्रेसका कुनैपनि नेता सहभागी नहुने भएका छन्।

पूर्व प्रधानमन्त्री मनमोहन सिंह, राज्य सभामा प्रतिपक्षी दलका नेता गुलाम नावी अजाद र लोक सभामा कांग्रेसका नेता अधिररन्जन चौधरीलाई राष्ट्रपति कोविन्दले आमन्त्रण गरेका थिए।

तर, कांग्रेस सभापति तथा संसदीय दलकी नेता सोनिया गान्धीलाई निम्तो नदिएकोमा आपत्ति प्रकट गर्दै कांग्रेसका सबै नेताले रात्रिभोज बहिस्कार गर्ने निर्णय गरेका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमणका बेला प्रतिपक्षी दल कांग्रेसलाई सहभागी गराइएको एकमात्र कार्यक्रम हो।

हालसम्म अमेरिकी अधिकारीहरुले ट्रम्प र गान्धीबीच एक्लाएक्लै भेटका लागि पनि कुनै सम्पर्क नगरेको नेताहरुले बताएका छन्।

कांग्रेस स्रोतका अनुसार अजादले आमन्त्रणका लागि राष्ट्रपति कोविन्दलाई धन्यवाद दिए तर गान्धीलाई छुटाएकोमा विरोधस्वरुप सो कार्यक्रममा सहभागी नहुने निर्णय गरेका हुन्।

लामो समयदेखि अभ्यास गरिएको चलनलाई कायम राख्न भारत सरकारको तर्फबाट अमेरिकी अधिकारीहरुसँग जोड दिनुपर्नेमा त्यसो हुन नसकेको चौधरीले बताए।

-एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .