ad ad

राजनीति


सहकारी छानबिन प्रतिवेदनहरू उपलब्ध गराउन संसदीय समितिको आग्रह

सहकारी छानबिन प्रतिवेदनहरू उपलब्ध गराउन संसदीय समितिको आग्रह

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १८:२७, काठमाडौँ

सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवदेनहरू उपलब्ध गराउन सम्वद्ध पक्षलाई आग्रह गरेको छ।

शुक्रवार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरुको प्रतिवेदन तत्काल उपलब्ध गराउन सम्वद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो।

सहकारी छानबिनको सम्बन्धमा विगतमा बनेका सबै छानबिन समिति र जाँचबुझ आयोगहरूको प्रतिवेदन उपलब्ध गराउनका लागि सम्वद्ध सबै पक्षलाई असार २ गते भित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय पनि गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए।

उनले भने, ‘सहकारी सन्दर्भमा यो नवौं छानबिन समिति हो। बाँकी ८ वटा छानबिन समिति, जाँचबुझ आयोग, यस अघि बनेका छन्। नेपालमा सहकारीलाई संस्थागत गर्ने सन्दर्भमा जति पनि छानबिन समिति, अध्ययन, जाँचबुझ समितिहरु बनेका छन्। ती सबैका प्रतिवेदनहरु सचिवालयमार्फत पत्रचार गरेर प्राप्त गरिसक्ने।’

बैठकमा विशेष समितिको कार्यविधिको मस्यौदा पनि छलफल शुरु गरिएको छ। त्यसलाई अन्तिम रुप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र सदस्यहरुसँग पनि छलफल गर्ने निर्णय गर्दै त्यसका लागि असार २ गते बैठक बस्ने निर्णय पनि गरिएको सभापति थापाले बताए।

बैठकमा सचिवालय तयार पारेको प्रस्तावमा पनि सदस्यहरुले अध्ययन गरी आगामी असार २ गते बस्ने बैठकमा लिखित रुपमा सुझाव दिने सहमति भएको छ। कार्यविधि नै विशेष समितिले आफ्नो काम गर्ने मुख्य आधार भएकाले त्यसलाई गहन छलफल गरेर नै अन्तिम टुंगो लगाउन उपयुक्त हुने सहमती पनि बैठकले गरेको विशेष समितिले जनाएको छ।

समितिको यसअघि बसेको बैठकले सचिवालयलाई कार्यविधिका लागि मस्यौता पेश गर्न निर्देशन दिएको थियो। सोही अनुसार आजको बैठक कार्यविधि पेश भएको र त्यसमा छलफल पनि शुरु गरिएको विशेष समितिले जनाएको छ।

सभापति थापाले प्रश्तावित कार्यविधिमा कार्यतालिका पनि समावेश गरिएको र तोकिएकै समितिमा आफ्नो काम सम्पन्न गर्ने गरी समितिले आफ्नो कामलाई अघि बढाउने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .