ad ad

राजनीति


एमालेका दुई टोली चीन भ्रमणमा जाने

एमालेका दुई टोली चीन भ्रमणमा जाने

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १९:४, काठमाडौँ

नेकपा एमालेका नेताहरू चीन भ्रमणमा जाने भएका छन्। एमाले उपमहासचिव बिष्णु रिमाल र एमाले नेता एवं राष्ट्रियसभा सदस्य अन्जना शाक्य नेतृत्वको दुई छुट्टाछुट्टै टोली चीन भ्रमणमा जान लागेको हो। 

एमाले परराष्ट्र विभागका अनुसार, शाक्यको नेतृत्वको टोली जेठ २९ गते चीन जान लागेको हो। शाक्यको नेतृत्वमा एमालेका ७ जना नेताहरू चीन जान लागेका हुन्।

यो टोलीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू पनि सहभागि हुने छन्। 

त्यस्तै उपमहासचिव रिमालको नेतृत्वमा ३० जना एमाले नेताहरु चीन जाने छन्। रिमाल नेतृत्वको टोली जाने समय भने निर्धारण हुन बाँकी छ। चिनियाँ कम्युष्टि पार्टीको निमन्त्रणमा नेताहरु चीन जान लागेका हुन्। 

चीनले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई बेला–बेला चीन भ्रमणमा बोलाउने गरेको छ।

यसअघि माओवादीका नेताहरू पनि चीन भ्रमणमा गएका थिए। चीन गएको टोली त्यहाँको बिकासमा चिनियाँ सरकारले गरेको प्रगतिको अध्ययन गरेर फर्कने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .