ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेगावाट विद्युत् थप गर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले दुई वर्षभित्रमा एक हजार मेगावाट विद्युत् सोलारबाट थप गर्ने बताएका हुन्।
साथै, उनले सो सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको हितमा नै काम गर्दै जाने बताए।
‘आगामी दुई वर्षभित्र सोलारबाट नै हामीले एकहजार मेगावाट विद्युत् थप गर्नेछौँ। आगामी वर्षमा हामीले जलवायुबाट ४५ सय पुर्याउने भनेका छौँ। यो राष्ट्रको अहितमा छैन। सजगताका साथ कार्यान्वयन हुन्छ। राष्ट्रको हितमा हेरिन्छ,’ मन्त्री बस्नेतले भने।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभा बैठकबाट अनुमोदन भएको छ।
Shares
प्रतिक्रिया