ad ad

कारोबार


अन्तर्राष्ट्रिय वाइन एन्ड स्पिरिट्स स्पर्धामा नेपाल डिस्टिलरिजले जित्यो तीन अवार्ड

अन्तर्राष्ट्रिय वाइन एन्ड स्पिरिट्स स्पर्धामा नेपाल डिस्टिलरिजले जित्यो तीन अवार्ड

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १४:१८, काठमाडौँ

द नेपाल डिस्टिलरिज प्रालिले अन्तर्राष्ट्रिय स्पर्धामा तीन अवार्ड जितेको छ। 

‘इन्टरनेस्नल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’ (आईडब्लुएससी) अवार्ड २०२४ मा डिस्टिलरीका तीन मुख्य उत्पादनहरूले एक सिल्भर (रजत) र दुई ब्रन्ज(कांस्य) मेडल प्राप्त गरेका हुन्। 

‘आईडब्लुएससी’ अवार्ड एक विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो। यसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिटहरू पहिचान तथा पुरस्कृत गर्दै आएको छ। 

द नेपाल डिस्टिलरिजको सबैभन्दा पुरानो र लोकप्रिय उत्पादन ‘खुकरी एक्सएक्सएक्स रम’ ले ८८ अंकसहित ‘ब्रन्ज मेडल’ प्राप्त गरेको कम्पनीले जनाएको छ। मौलिक नेपाली स्वादसहितको ‘खुकरी स्पाइस्ड रम’ लाई ८९ अंकसहित ‘ब्रन्ज मेडल’ प्रदान गरिएको छ। साथै, अर्को उत्पादन ‘न्युड सुपेरियर भोड्का’ ले ९१ अंकसहित ‘सिल्भर मेडल’ हासिल गरेको छ। 

‘आईडब्लुएससी’को नौ-सदस्यीय निर्णायक प्यानलमध्ये ग्लोबल रम एम्बेसेडर इयान बरेल पनि सहभागी थिए। उनी हाल नेपालमा खुकुरी रम उत्पादन-शील्प तथा अद्वितीय स्वादको पहिचान गर्दै नेपाली रम-संस्कृतिका निम्ति प्रबर्द्धनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम गरिहेका छन्।

द नेपाल डिस्टिलरिज प्रा.लि.का महाप्रबन्धक सुभास लामिछानेले नेपाल डिस्टिलरिजको स्थापनाकालदेखि नै प्रिमियम स्पिरिट उत्पादनका लागि उच्चकोटीको सामग्री, उच्चस्तरको प्रक्रिया, अत्याआधुनिक प्रविधि, र उत्कृष्ट उत्पादन-शील्पको निरन्तर उपयोग गरेको बताए। 

यो अवार्डले कम्पनीको यही लगाव र कुशलतालाई मान्यता दिएको उनको भनाइ छ। यसले विश्वमाझ नेपाली स्पिरिटको गुणस्तरलाई चिनाउने माध्यम बनेको उनले बताए। 

सन् १९५९ मा पहिलो पटक उत्पादन भएको खुकरी एक्सएक्सएक्स रमले आफूलाई ‘ओरिजिनल हिमालयन रम’को रूपमा स्थापित गरेको छ। उपभोक्ताहरूमाझ स्वादको लागि लोकप्रियता पाउनुका साथै, खुकुरी एक्सएक्सएक्स रम हरेक पल, उत्सव, र कथाको एक रोचक हिस्साको रूपमा रहिआएको छ ।

सन् २००८ मा सार्वजनिक गरिएको ‘खुकरी स्पाइस्ड रम’ सांस्कृतिक उत्सवलगायतको अवसरमा उत्कृष्ट रोजाइ बनेको कम्पनीको दाबी छ।

सन् २०२२ मा ‘न्युड सुपेरियर भोड्का’, सार्वजनिक गरिएको थियो जुन आफ्नो ‘बोल्डनेस’, ‘ओरिजिनालिटि’ तथा ‘कन्फिडेन्स’ मा विश्वास गर्ने युवा जमात र नयाँ पुस्तामाझ सुहाँउदो रोजाइको रूपमा स्थापित भयो ।

द नेपाल डिस्टिलरिजले विगत ६ दशकदेखि नेपाली मदिरा उद्योगमा ‘डोमेस्टिक स्पिरिट’ खण्डको बजारको मुख्य हिस्सा ओगट्दै आएको छ। नेपाल बाहेक अन्तर्राष्ट्रिय माग र मान्यता सहित, हाल विश्वका विभिन्न देशहरूमा उत्पादनहरू वितरण गर्दछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .