ad ad

राजनीति


कंग्रेसले भन्यो- चुनावी नतिजा मोदीको विपक्षमा

कंग्रेसले भन्यो- चुनावी नतिजा मोदीको विपक्षमा

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १८:३४, काठमाडौँ

भारतमा आम निर्वाचनको मतगणना चलिरहँँदा इन्डिया गठबन्धनमा रहेको कंग्रेसले पत्रकार सम्मेलन गरी यो नतिजा प्रधानमन्त्री नरेन्द्र मोदीको विपक्षमा रहेको प्रतिक्रिया दिएको छ।

लोकसभा चुनावमा इन्डिया गठबन्धनको प्रदर्शनबारे जानकारी दिन कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, राहुल गान्धी र सोनिया गान्धी पत्रकार सम्मेलनमा उपस्थित छन्।

भारतीय जनता पार्टी (भाजपा) ले बहुमत नपाउनु नै मोदीको पराजय भएको अध्यक्ष खड्गेले बताए।

खड्गेले भने, ‘देशमा चुनावी नतिजा आइसकेको छ। हामीले पहिले नै यो लडाइँ मोदीविरुद्ध जनता हो भनेर भन्दै थियौं। हामी १८औं लोकसभा चुनावमा जनताको मतलाई नम्रतापूर्वक स्वीकार गर्छौं। यसपटक जनताले एउटा पार्टीलाई पूर्ण बहुमत दिएका छैनन्। परिणाम मोदीको विरुद्धमा गएको छ।’

लडाइँ अझै नटुंगिएको पनि उनले बताए। खड्गेले भने, ‘यो मोदीको नैतिक र राजनीतिक हार हो। सरकारी संयन्त्रले बेलाबेलामा अवरोध खडा गरेको छ। सबै नेताविरुद्ध अभियान चल्यो, जुन अभियान लामो समयसम्म हाम्रो स्मरणमा रहनेछ। मोदीले फैलाएको झुट जनताले बुझेका छन्।’

‘यदि मोदीले फेरि मौका पाए भने अर्को आक्रमण संविधान र लोकतन्त्रमा हुनेछ भन्ने मान्छेले बुझेका थिए। अब यस षड्यन्त्रमा भाजपा सफल नहुने भएकाले हामी खुसी छौं,’ इन्डिया गठबन्धनका साझेदारलाई धन्यवाद दिँदै खड्गेले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .