ad ad

राजनीति


मधेस सरकारलाई समर्थन दिने नदिनेबारे लोसपा अनिर्णित

मधेस सरकारलाई समर्थन दिने नदिनेबारे लोसपा अनिर्णित

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १६:४६, काठमाडौँ

महन्थ ठाकुर नेतृत्वको लोकतानित्रक समाजवादी पार्टी, नेपालले मधेश सरकारलाई समर्थन गर्ने नगर्नेबारे ठोस निर्णय गर्न सकेन।

मंगलवार जनकपुरमा बसेको बैठकमा कुनै ठोस निर्णय नभएको मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए।

उनले बुधवार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिने भएपछि यसको विषयमा समेत समीक्षा भएको र पार्टीले उचित समयमा उचित निर्णय लिने जानकारी दिए।

बैठकमा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूले मधेस प्रदेशको राजनीतिक अवस्थाको समीक्षा गरेका छन्।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न भएको राजनितिक पस्थिति र पार्टीको भूमिकाको विषयमा बैठकमा चर्चा भएको छ।

अध्यक्ष ठाकुर र वरिष्ठ नेता शरद सिंह भण्डारीको उपस्थितिमा भएको बैठकमा प्रदेश सभाका आठ जना सदस्यहरूको उपस्थिति थियो।

मुखयमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट दुुई दल बाहिरिएपछि नयाँ बन्ने सरकारको अंकगणितको लागि लोसपा र नेकपा (एकीकृत समाजवादी) महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .