भारतको यो लोकसभा चुनावमा जेलमा रहेका कम्तीमा दुई उम्मेदवारले चुनाव जित्ने देखिएको छ।
आतंकवादको आरोपमा पक्राउ परेका कस्मिरी राजनीतिकर्मी शेख अब्दुल रासिदले पूर्वमुख्यमन्त्रीलाई हराएका छन्।
इन्जिनियर रासिद भनिने उनले उमर अब्दुल्लालाई पराजित गरेका हुन्। अब्दुल्लाले हार स्वीकार गरिसकेका छन्।
रासिदका कलेजमा अध्ययनरत छोराले चुनावी अभियानको नेतृत्व गरेका थिए।
त्यस्तै, आफूलाई सिखहरुको अलग राज्यको माग गरिरहेका धर्मगुरु अमृतपाल सिंहले पनि चुनाव जित्ने देखिएको छ।
पञ्जाबमा हिंसा भड्किने भन्दै सरकारले उनलाई समातेर जेल हालेको थियो।
759
Shares
प्रतिक्रिया