ad ad

राजनीति


जब रोस्ट्रममा पुगेका लिङ्देनले खोजे अर्थमन्त्री... (भिडिओ)

जब रोस्ट्रममा पुगेका लिङ्देनले खोजे अर्थमन्त्री... (भिडिओ)

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १५:१०, काठमाडौँ

सरकारे ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि संसद्‌मा निरन्तर छलफल भइरहेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा पनि बजेटमाथिको छलफल चलिरहेको थियो। 

छलफलमा सहभागी हुन रोस्ट्रममा जब राप्रपा अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देन पुगे त्यसपछि केहीबेर अवस्था रोचक बन्यो। 

लिङ्देनले रोष्ट्रममा पुगेर सुरुमै अर्थमन्त्री वर्षमान पुनको खोजी गरे। बजेटमा आफूहरूले बोलेर कुनै परिवर्तन नहुने भए पनि प्रतिपक्षी दलको हैसियतले अर्थमन्त्रीलाई आफ्ना कुरा सुनाउनुपर्ने लिङ्देनले बताए।

सभामुखको आसनमा बसिरहेकी उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा भएको जानकारी गराइन्। तर, लिङ्देन आफू ‘उभिन सक्ने’ भन्दै अर्थमन्त्री आउन्जेल कुर्ने बताए।

भिडिओ

उनले सुरुमा सरकारको प्रतिनिधि कोही नभइ आफू नबोल्ने बताए। उपसभामुख रानाले खानेपानीमन्त्रीतिर देखाउँदै बैठकमा मन्त्री भएको बताइन्। 

तर, लिङ्देनले उनको यो कुरामा सहमत जनाएनन्। ‘उहाँ आउनुभएपछि नै बोल्न सुरु गर्छु, म उभिन पनि सक्छु,’ उनले भनेका थिए। 

उनले उपसभामुख रानालाई बैठक केहीबेर ‘ब्रेक’ गर्न समेत आग्रह गरे। तर, रानाले बैठक ब्रेक नहुने भन्दै अर्थ सम्बन्धित टुक्का सुनाउँदै बस्न समेत आग्रह गरिन्। 

त्यसपछि उनले अर्थमन्त्री आएपछि मात्रै आफ्नो समय सुरु हुने भएमात्रै बोल्ने बताए। 

यतिकैमा एमाले सांसद दयालबहादुर शाही उठेर सभामुखसँग दोहोरी चलेको भन्दै नियमापत्ती गरे। उनको नियमापत्तिमा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गरे। 

उनले प्रतिवाद सक्नेबित्तिकै सभामुख देवराज घिमिरे आसनमा फर्किए। उनले राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक एकैपटक चल्ने भएकाले कहिलेकाहीँ यस्तो हुने बताए। 

उनले अर्थमन्त्री आएपछि चल्ने भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरे। 

त्यसपछि अर्थमन्त्री पुन बैठकमा पुगेपछि बैठक चल्यो। लिङ्देनले बजेटमाथि आफ्नो धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .