ad ad

राजनीति


क्रिकेट टोलीको हौसला बढाउन संसदमा जर्सी लगाएर पुगे रास्वपा सांसद

क्रिकेट टोलीको हौसला बढाउन संसदमा जर्सी लगाएर पुगे रास्वपा सांसद

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १२:५, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू संसद बैठकमा पुगेका छन्। अमेरिकामा जारी टी–२० विश्वकप खेल्न पुगेको टोलीलाई हौसला बढाउन रास्वपपा सांसदहरू जर्सी लगाएर मंगलबार संसद बैठक पुगेका हुन्। 

उनीहरूले बैठक प्रवेश गर्नुअघि संसद् भवन परिसरमा सामूहिक तस्बिर खिचाएका थिए। मंगलबार राति टी–२० विश्वकप अन्तर्गत पहिलो खेल नेपालले नेदरल्यान्डससँग खेल्दैछ। 

खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ।

यसपछि दोस्रो खेल नेपालले जुन ११ मा श्रीलंकाविरुद्ध खेल्नेछ। उक्त दुई खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिज जानेछ। 

त्यहाँको सेन्ट भिन्सेन्ट रंगशालामा नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशविरुद्ध खेल्नेछ।

नेपाल १० वर्षपछि दोस्रोपटक विश्वकपमा भिड्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .