ad ad

राजनीति


संसद् बैठक बस्दै, प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

संसद् बैठक बस्दै, प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०८१ सोमबार ७:४०, काठमाडौँ

संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ। 

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ।

आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ। 

त्यसैगरी बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डले जानकारी दिए। 

संघीय संसदमा जेठ १५ गते अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमाथिको छलफल भोलिसम्म सक्ने तयारी छ। 

त्यसैगरी राष्ट्रियसभाको आजको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .