ad ad

राजनीति


सांसद् विन्दवासिनीले चाँडो न्याय पाउनुपर्छ : मन्त्री गिरी

सांसद् विन्दवासिनीले चाँडो न्याय पाउनुपर्छ : मन्त्री गिरी

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १७:४४, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एसिड पीडित सांसद विन्दवासिनी कंसाकारले अदालतको फैसला बमोबिजम पाउनुपर्ने रकमको प्रक्रिया फाइल आगाडि बढेको बताएका छन्।

सङ्घीय संसद् प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिमा आज बसेको छलफल कार्यक्रममा मन्त्री गिरीले एसिड पीडित सांसद कंसाकारले चाँडो न्याय पाउनुपर्ने बताए। 

नेपालमा एसिड आक्रमणबाट पीडितको क्षतिपूर्ति सम्बन्धमा गरिएको छलफल कार्यक्रममा उनले राज्यले यस्तो संवेदनशील विषयमा तुरुन्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए।

‘म यस विषयमा गम्भीर छु, जति सक्दो छिटो न्याय दिलाउन कोसिस गर्नेछु,’ उनले भने।

सांसद् विन्दवासिनीले पीडित भएको ११ वर्षसम्म पनि अदालतले फैसला गरेअनुसारको क्षतिपूर्ति पाउन नसकेको गुनासो गरिन्। उपचारका क्रममा परिवारले घरबारै बेचेको र आफ्नो परिवारको बिचल्ली भएको उल्लेख गरिन्। 

छलफलका क्रममा बैठकमा उपस्थित सांसदहरुले पीडितलाई क्षतिपूर्ति दिन ढिलासुस्ती गर्न नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .