ad ad

राजनीति


बजेट पेस हुने दिन संसदमा रणनीति तय गर्न कांग्रेसले बोलायो दलको बैठक

बजेट पेस हुने दिन संसदमा रणनीति तय गर्न कांग्रेसले बोलायो दलको बैठक

नेपालखबर
जेठ १४, २०८१ सोमबार १९:१३, काठमाडौँ

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

मंगलबार (जेठ १५ गते) संसदमा बजेट पेश हुने दिन पार्टीको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

बैठक मंगलबार विहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।

भोलि संघीय संसदमा सरकारले आगामी आर्थिक वर्ष २०८१ ०८२ को वार्षिक बजेट पेश गर्दैछ।

नेपाली कांग्रेसलगायत विपक्षी दलले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध खुलाउन पहल गरेपनि सहमति जुट्न सकेको छैन।

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) बारे सत्ता र प्रतिपक्ष दलबीच सहमति जुटेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .