ad ad

राजनीति


संघको तुलनामा प्रदेश र स्थानीय तहको पुँजीगत खर्च उच्च

संघको तुलनामा प्रदेश र स्थानीय तहको पुँजीगत खर्च उच्च

नेपालखबर
जेठ १३, २०८१ आइतबार १५:२८, काठमाडौँ

विकास खर्चमा सङ्घको तुलनामा प्रदेश र स्थानीय तहमा पुँजीगत खर्चको अंश तुलनात्मक रूपमा उच्च रहेको छ।

गत आर्थिक वर्षमा सङ्घीय पुँजीगत बजेटमा सङ्घीय पुँजीगत खर्चको अंश ६१.७ प्रतिशत र प्रादेशिक पुँजीगत बजेटमा प्रादेशिक पुँजीगत खर्चको अंश ६८.२ प्रतिशत रहेयो।

त्यसैगरी, स्थानीय तहको कुल पुँजीगत बजेटमा स्थानीय तहको पुँजीगत खर्चको अंश ६५.२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा यस्तो अंश क्रमशः ५७।६ प्रतिशत, ६८.७ प्रतिशत र ६५.२ प्रतिशत रहेको थियो।

त्यस्तै,  आर्थिक वर्ष २०७९/८० को सङ्घीय खर्चमध्ये पुँजीगत खर्च १६.५ प्रतिशत र कुल प्रादेशिक खर्चमध्ये प्रादेशिक पुँजीगत खर्च ६०.७ प्रतिशत रहेको थियो। त्यसैगरी, स्थानीय तहको कुल खर्चमध्ये पुँजीगत खर्च ३७.२ प्रतिशत रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .