आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ।
यसका लागि प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
तर यसअघि सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमति नभए उसले संसद् बैठकमा अवरोध जारी राख्ने सम्भावना छ।
तर यसअघि बिहान ९ बजे त्यस विषयमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच संवाद हुँदै छ।
गत शुक्रबारकै बैठकमा पनि कांग्रेसको अवरोधका कारण नीति तथा कार्यक्रम पास गर्ने कार्यसूची कार्यान्वयन हुन पाएन।
यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए।
Shares
प्रतिक्रिया