साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले ठूला राजनीतिक दलको राजनीति भ्रष्टाचारको जगमा उभिएको आरोप लगाएका छन्।
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको ७० करोड कमिसनको अडियो प्रकरणमा संसदीय समितिदेखि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससम्मको मिलेमतोले ठूला दलहरु भ्रष्टाचार गर्न र राष्ट्र लुटनमा एकजुट रहेको पुष्टि गरेकाे उनको दावी छ।
उनले सञ्चारमन्त्रीको अडियो प्रकरण तत्कालीन नभइ लामो समयको प्रक्रियामा आएको भन्दै यो घटना योजनावद्ध रुपमा अगाडि बढेको बताए।
उनले भ्रष्टाचारको मेसो डेढ दुई वर्षदेखि मिलाइँदै आइएको र त्यसमा संसदीय समिति पनि सामेल भएको र प्रतिपक्षदललाई पनि सूचना भएको भन्दै कसैबाट पनि विरोध नहुनुले सबैको मिलेमतो भएको देखाएको उनको दावी छ।
‘डेढ–दुई वर्षदेखि नै करोडौंको भ्रष्टाचारको मेसो मिलाइँदै थियो। संसदीय समितीमा समेत सामेल। यो सुूना प्रमुख प्रतिपक्षलाई पनि थियो’, सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता डा आचार्यले लेखेका छन्, ‘तर, सबै तैं–चुप मैं–चुप। एक कमिसन एजेन्टको खुलासा पछि मात्र सबै हावाकावा। अब पनि भ्रममा नपरौं, ठूला दलको राजनीति राष्ट्रलुटको जगमा उभिएको छ।’
डेढ-दुई बर्ष देखिनै करोडौंको भ्रष्टाचारको मेसो मिलाईँदै थियो। संसदीय समितीमा समेत सामेल। यो सुचना प्रमुख प्रतिपक्षलाई पनि थियो। तर सबै तैं-चुप-मैं-चुप! एक कमिसन एजेन्टको खुलासा पछि मात्र सबै हावाकावा! अब पनि भ्रममा नपरौं, ठूला दलको राजनीति राष्ट्रलुटको जगमा उभिएको छ!#गोकुलकाण्ड
— Surya Raj Acharya (@SuryaRAcharya) February 23, 2020सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने क्रममा स्वीस कम्पनीको नेपाल एजेन्टसँग ७० करोड कमिसनबारे छलफल गरेको अडियो टेप सार्वजनिक भएपछि बिहीबार बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। राजीनामा दिँदैमा उनलाई उन्मुक्ति दिन नहुनेभन्दै अहिले पूर्वमन्त्री बाँस्कोटा र त्यसमा संलग्न अन्य व्यक्तिहरुको पहिचान गरी कानुनी कारबाही गनूृ पर्ने माग उठिरहेको छ।
Shares

प्रतिक्रिया