ad ad

राजनीति


गृहमन्त्री लामिछानेमाथि कारबाही गर्न कांग्रेस सहकारी विभागको माग

गृहमन्त्री लामिछानेमाथि कारबाही गर्न कांग्रेस सहकारी विभागको माग

नेपालखबर
जेठ ९, २०८१ बुधबार १९:८, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय सहकारी विभागले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गर्न माग गरेको छ।

विभागका प्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले बुधबार एक विज्ञप्ति प्रकाशित गरी सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि कारबाही गर्न माग गरेका हुन्।

गोर्खा मिडिया नेटवर्क प्रालिमा बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा सहकारीबाट ९५ करोड ८१ लाख रुपैयाँ गैरकानुनी रूपमा लगानी भएको भन्दै उक्त प्रालिका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक लामिछानेमाथि कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

सर्वसाधारण जनताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकमको ठूलो हिस्सा सहकारी ऐन २०७४ र नियम २०७५ विपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा गैरकानुनी रूपमा अपचलन गरेको र सो अपचलनमा तत्कालीन कार्यकारी प्रमुख हालका गृहमन्त्री लामिछानेको संलग्नता देखिएको कांग्रेसको आरोप छ।

विज्ञप्तिमा भनिएको छ, ‘सहकारी संस्थामा प्राकृतिक व्यक्ति मात्र सदस्य हुन पाउने र सदस्यहरूमा मात्रै ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्था विपरीत सर्वसाधारण जनताले जम्मा गरेको रकम अपचलन भएको हुँदा उक्त रकम तत्काल फिर्ता गर्न, सहकारीको वचत अपचलन गर्ने सहकारीका संचालक, कार्यकारी प्रमुख साथै गोर्खा मिडिया नेटवर्क प्रालिका संचालक एवं कार्यकारी प्रमुखलाई कानुन बमोजिम तत्काल कारबाही गरी सहकारी ऐनको दफा १२४ बमोजिम दण्ड, जरिवाना, सजाय हुनुपर्दछ र सरकारले जनतामा कानुनी राज्यको अनुभूति दिलाउनु पर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .