ad ad

राजनीति


मैले कांग्रेसलाई धम्क्याएको छैन : रवि लामिछाने

मैले कांग्रेसलाई धम्क्याएको छैन : रवि लामिछाने

फाइल तस्बिर


नेपालखबर
जेठ ७, २०८१ सोमबार १५:५१, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन्।

सोमबार संसद भबन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यप्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसदको विधि अनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको बताए।

गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताए। उनले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जाहेज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने बताए। 

‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सरकारमा भएको दलले विश्वासको मत छैन भनेपछि विश्वासको मत दिने सवैधानिक व्यवस्थालाई अवरुद्ध गर्नु लोकतन्त्रको भद्दा मजाक हो। प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने सवैधानिक व्यवस्था हो। एक महिनाभित्र विश्वासको मत लिने कुरा हो। आइतबार प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिन उभिएको थिए। गिरीबन्धु जग्गाको विषय बिर्सेको होइन। त्यसलाई पनि छानविनमा ल्याउनुपर्छ। कोको सहभागी छन् छानविन गर्नुपर्छ तर हिजो प्रसंग त्यो थिएन। मैले संसदमा के भने त्यसको लागि जिम्मेवार छु,’ उनले भने।

सरकारले सहकारी पीडितहरुको न्यायको लागि दु्रत गतिमा काम गर्ने प्रतिबद्धता जनाउँदै उनले प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने पनि बताए।

‘के बुझियो र बुझाइयो त्यसको जिम्मेवार छैन। महिले आरोप लगाएको होइन। प्रतिपक्ष दललाई धम्कायको र तर्साएको होइन। विगतमा पत्रपत्रिकाहरूमा मेरो जस्तै आएका समाचारहरुलाई आधार मानेर संसदीय समिति बनाउने हो भनेर उदाहरण दिएको हो। संसदीय समिति गठन गर, सहकारी ठगलाई कारबाही गर म पनि भन्छु। सरकारले सहकारी पीडितहरुको न्यायको लागि दु्रतगतिमा काम गर्छ। प्रमुख प्रतिपक्षले व्यक्तिकेन्द्रित भएर नाराबाजी गरिरहेको छ। हामी व्यक्ति केन्द्रित नभइ सरकारले संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .