ad ad

राजनीति


प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

नेपालखबर
जेठ ७, २०८१ सोमबार ११:४२, काठमाडौँ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ। सोमबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको हो। 

प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत लिने कार्यसूची छ। 

त्यसअघि बसेको पार्टी संसदीय दलको बैठकमा अनिवार्य उपस्थित भइ विश्वासको मतको पक्षमा मतदान गर्न ह्विपप जारी गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .