ad ad

राजनीति


यस्तो छ जेठ ७ गतेको प्रतिनिधि सभाको कार्यसूची

यस्तो छ जेठ ७ गतेको प्रतिनिधि सभाको कार्यसूची

नेपालखबर
जेठ ६, २०८१ आइतबार २०:१८, काठमाडौँ

संघीय संसद सचिवालयले भोलि (जेठ ७ गते) को सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको उल्लेख छ।

यस्ता छन् सम्भावित कार्यसूची
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र
१) सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने।

बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन
२) सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने।

टेबुल गरिने
३) प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेका सम्बोधनको प्रति टेबुल गर्ने।

धन्यवाद प्रस्ताव
४) सभामुखले निम्नलिखित धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने
‘सम्माननीय राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०६१ जेठ १ गते मंगलबारका दिन गर्नुभएको सम्बोधनको लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ।’

विश्वासको मत सम्बन्धी प्रस्ताव
५) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने।
उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने।

वार्षिक प्रतिवेदन पेश
६) प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आव २०७९÷८०’ पेश गर्ने।

अध्यादेश पेश
७) उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने।

व्यवस्थापन कार्य
८) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .