राजनीति


सच्याएर मात्र एमसीसी अनुमोदन गर्न सुझाव दिएका छौँ : खनाल

सच्याएर मात्र एमसीसी अनुमोदन गर्न सुझाव दिएका छौँ : खनाल

मणि दाहाल
फागुन ९, २०७६ शुक्रबार १४:७,

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे अध्ययन गर्न नेकपा केन्द्रीय समितिद्वारा गठित अध्ययन कार्यदलले सो सम्झौता सर्तहरु नसच्याई अनुमोदन नगर्न पार्टीलाई सुझाव दिएको छ।

कार्यदलले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो।

कार्यदलका संयोजक पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्झौतामा रहेका धेरै विषय सच्याउन सिफारिस गरिएको नेपालखबरलाई बताए।

‘हामीले सुझावसहितको प्रतिवेदन अध्यक्षलाई बुझाएका छौँ। एमसीसीमा सच्याउनुपर्ने धेरै विषय रहेकाले तिनलाई सच्याएर मात्रै संसदबाट अनुमोदन गर्न सुझाव दिएका छौँ,’ खनालले भने।

कार्यदलमा एमसीसी अनुमोदन गर्नुहुन्न भन्ने पक्षमा रहेको नेता भीम रावल र एमसीसी पारित गरेरै छाड्ने पक्षमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य थिए।

तर, दुवैलाई मिलाएर आफूले सर्वसम्मत प्रतिवेदन तयार गरेको खनालले बताए।

अध्यक्षद्वयले प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय माग गरेको पनि खनालले जानकारी दिए।

‘थुप्रै गम्भीर विषय देखिए, हामीले सर्वसम्मतिले सच्याएर मात्रै एमसीसी पारित गर्न सिफारिस गरेका छौँ,’ खनालले भने, ‘अध्यक्षद्वयले अध्ययन गरेपछि यो प्रतिवेदन सार्वजनिक हुन्छ।’

अमेरिकी राजदूत ¥यान्डी बेरीले भने एमसीसी संशोधनको बेला घर्किसकेको टिप्पणी यसअघि गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .