ad ad

राजनीति


समिति बनाउने मोटामोटी सहमति भयो, टीओआरबारे छलफल बाँकी : सिटौला

समिति बनाउने मोटामोटी सहमति भयो, टीओआरबारे छलफल बाँकी : सिटौला

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १६:१६, काठमाडौँ

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सहकारी ठगी प्रकरणमा लगभग सहमति जुटिसकेको भएपनि मापदण्ड (टीओआर)बारे छलफल बाँकी भएको बताएका छन्। 

बिहीबार अपरान्ह नेपालखबरसँगको कुराकानीमा सिटौलाले समिति बनाउन सत्तापक्ष र प्रतिपक्षीबीच भएको मोटामोटी सहमतिलाई उपलब्धिपूर्ण भएको मान्नुपर्ने बताए। 

‘संसदीय छानबिन समिति बनाउनेबारे मोटामोटी सहमति भएको हो, यसलाई उपलब्धिपूर्ण नै मान्नुपर्छ,’ उनले भने, छतर, समितिको प्रतिवेदन बनाउँदा कस्तो टीओआर बन्ने भन्नेबारे छलफल सकिइसकेको छैन।’

उनका अनुसार, समितिमा राखिने शब्दहरूका बारेमा अझै छलफल नटुंगिसकेकोले आजै अपरान्ह बस्ने भनिएको संसद् बैठक पनि अन्यौल बनेको छ। 

बरु, आजको संसद् स्थगित गरेर भोलिसम्ममा सबै प्रकारका सहमति गर्नेगरी अघि बढ्नुपर्ने सुझाव आफूले दिएको उनले बताए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवरुद्ध संसद् खुलाउनेगरी बिहीबार बिहानैदेखि कांग्रेस नेताहरूसँग छलफल गरेका थिए।

प्रधानमन्त्रीले सुरुमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि समिति बनाउने प्रस्ताव राखेपछि त्यसबारे कांग्रेसका शीर्ष नेताहरूले छलफल गरेका थिए। 

सो छलफलमा सिटौला पनि सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .