ad ad

राजनीति


संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ : रमेश लेखक

संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ : रमेश लेखक

नेपालखबर
जेठ १, २०८१ मंगलबार २०:११, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय छानबिन समिति बनाउने प्रतिवद्धता जनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ।

मंगलवार प्रतिनिधि सभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले संसदीय छानबिन समिति बनाउने बताएको जानकारी दिएका हुन्।

उनले नेपाली कांग्रेससँग प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रश्तुत गर्न दिन आग्रह गरेका र आफूले संसदीय छानबिन समिति बनाउन कोशिस गर्ने र समिति बनाउने काममा लाग्ने प्रतिवद्धता जनाएको बताए।

उनले संसदीय समिति नबनेसम्म सरकारी काममा कांग्रेसले संसदमा प्रवेश गर्न नदिने स्पष्ट पारे।

उनले भने, ‘प्रधानमन्त्रीजीले नीति तथा कार्यक्रम राष्ट्रपतिजीलाई सम्बोधन गर्न दिनुस्, मैले यहाँ समिति बनाउने कोशिस गर्दछु, भन्ने प्रतिवद्धता गर्नुभएको हो। समिति बनाउने काममा लाग्छु भन्ने प्रतिवद्धता गर्नुभएको हो। जबसम्म संसदीय छानबिन समिति बन्दैन, हामी सरकारी काममा प्रवेश गर्दैनौँ।’

उनले नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्र अघि बढाउने ठोस नीति लिन नसकेको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .